Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मन्त्री यादव र रुसी राजदूतबीच भेट, व्यापार र औद्योगिक सहकार्य विस्तारमा छलफल

मन्त्री यादव र रुसी राजदूतबीच भेट, व्यापार र औद्योगिक सहकार्य विस्तारमा छलफल

आर्थिक पत्र
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

    भेटका क्रममा नेपाल रुसबीचको व्यापार तथा आर्थिक सम्बन्ध विस्तार, व्यापार सहजीकरण तथा दुई देशबीचको औद्योगिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

    राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच व्यापार तथा आर्थिक फोरममार्फत भइरहेको सहकार्यलाई थप मजबुत बनाउन वर्तमान सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा दुई देशबीचको आर्थिक तथा औद्योगिक सम्बन्ध अझ विस्तार हुने अपेक्षा पनि व्यक्त गरे।

    भेटका क्रममा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकास मन्त्रीको तर्फबाट मन्त्री यादवलाई रुस भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरे। मन्त्री यादवले निमन्त्रणा स्वीकार गर्दै दुई देशबीचको सहकार्य विस्तारका लागि भ्रमण फलदायी हुने विश्वास व्यक्त गरिन्।

    मन्त्री यादवले नेपालमा बन्द अवस्थामा रहेका सरकारी उद्योग पुनः सञ्चालनका लागि रुस सरकारको प्राविधिक तथा आवश्यक सहयोगको अपेक्षा रहेको बताइन्। उनले विशेषगरी हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि सहकार्य गर्न प्रस्ताव राखिन्।

    मन्त्री यादवको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै राजदूत सुरोभ्त्सेभले नेपालले अघि सारेका प्रस्तावमा सहकार्यका लागि रुस सरकारसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार