Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा

निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा

आर्थिक पत्र
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार (साउन १८ गते) सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।अन्नपूर्ण गाउँपालिका–३, दानाका स्थायी बासिन्दा पुर्जाको पाकिस्तानस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो। उक्त दु:खद घटनामा उनीसहित ६ जना नेपाली पर्वतारोहीले ज्यान गुमाएका छन्।

    गाउँपालिका अध्यक्ष भरतकुमार पुनद्वारा जारी विज्ञप्तिअनुसार दिवंगत पर्वतारोही पुर्जाप्रति सम्मान प्रकट गर्न गाउँपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, वडा कार्यालयहरू तथा शैक्षिक संस्थाहरूमा शोक बिदा दिइने भएको हो।विज्ञप्तिमा विश्व पर्वतारोहणको क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन पुर्जाले खेलेको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरिएको छ। साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।‘निम्स दाइ’का नामले विश्वभर परिचित निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका थिए। उनको निधनले नेपालको समग्र पर्वतारोहण क्षेत्र र साहसिक पर्यटनमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार