Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लिट्मस इन्डस्ट्रिजको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न, उत्कृष्ट १२ डिलर सम्मानित

लिट्मस इन्डस्ट्रिजको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न, उत्कृष्ट १२ डिलर सम्मानित

आर्थिक पत्र
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ। कार्यक्रममा देशभरबाट करिब २०० डिलर तथा च्यानल पार्टनरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार प्रत्येक वर्ष आयोजना हुने यस कार्यक्रमको उद्देश्य कम्पनी र डिलर नेटवर्कबीचको सहकार्यलाई थप सुदृढ बनाउनु, साझेदारीको सम्मान गर्नु तथा आगामी रणनीतिबारे जानकारी आदानप्रदान गर्नु हो।

    कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको पाँच दशकभन्दा लामो यात्राको समीक्षा गरिएको थियो। कम्पनीको विकासक्रम, बजार नेतृत्व, उत्पादन क्षमता, प्रमुख उपलब्धि तथा आगामी रणनीतिबारे प्रस्तुति दिइएको कम्पनीले जनाएको छ। साथै अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय गुणस्तरका उत्पादनमार्फत बजारमा प्रतिस्पर्धी बन्ने प्रतिबद्धता पनि दोहोर्‍याइएको थियो।

    डिलर नेटवर्कको योगदानको कदर गर्दै कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १२ डिलरलाई विभिन्न विधामा सम्मान गरेको छ। ‘राइजिङ स्टार’, ‘पेमेंट एक्सिलेन्स’ र ‘लिट्मस एक्सिलेन्स अवार्ड’ लगायतका विधामा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले गुणस्तर कम्पनीको प्रमुख प्राथमिकता मात्र नभई ब्रान्डको पहिचान र ग्राहकप्रतिको प्रतिबद्धता भएको बताए।

    उनले देशभर फैलिएको डिलर नेटवर्कको विस्तारप्रति कम्पनी गौरवान्वित रहेको उल्लेख गर्दै डिलरहरूको विश्वास र सहकार्यले नयाँ प्रविधि अपनाउन, उच्च उत्पादन मापदण्ड कायम गर्न तथा नेपालको पूर्वाधार विकासमा योगदान पुर्‍याउन प्रेरणा मिलेको बताए।

    कम्पनीका अनुसार यसको सफलताको आधार दीर्घकालीन साझेदारी र विश्वासमा आधारित सम्बन्ध हो। ‘पावर पार्टनर्स मिट २०८३’ ले साझा मूल्य सिर्जना, नवप्रवर्तनको प्रवर्द्धन तथा नेपालको विद्युत् र पूर्वाधार क्षेत्रको दिगो विकासमा कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाएको जनाएको छ।

    लिट्मस इन्डस्ट्रिज नेपालकै ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी भएको दाबी गर्दै कम्पनीले नेपालमै एल्युमिनियम तथा एलोय रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा पनि आफूलाई स्थापित गरेको जनाएको छ।

    पाँच दशकभन्दा लामो उत्पादन अनुभवका साथ कम्पनीले पूर्वाधार, निर्माण, ऊर्जा तथा औद्योगिक क्षेत्रका लागि उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउँदै आएको र आधुनिक प्रविधि तथा गुणस्तर मापदण्डलाई प्राथमिकतामा राखेर आन्तरिक बजारसँगै क्षेत्रीय निर्यात बजारमा पनि उपस्थिति विस्तार गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार