Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अप्पर स्याँङ्गे हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अप्पर स्याँङ्गे हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

आर्थिक पत्र
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ भने त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

    अप्पर स्याँङ्गे हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजी २२ करोड रुपैयाँको १ः१ अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको गत असोज ९ गते बसेको नवौं वार्षिक साधारणसभाले स्वीकृत गरिसकेको छ ।

    सोही बमोजिम हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार