Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको चाडपर्व उपहार, २५ प्रतिशत प्रशासनिक शुल्क छुट

व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको चाडपर्व उपहार, २५ प्रतिशत प्रशासनिक शुल्क छुट

आर्थिक पत्र
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यमीका लागि विशेष कर्जा योजना ल्याएको छ।

    images

    चाडपर्वका बेला बढ्ने आर्थिक गतिविधि र व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले कृषि, व्यवसाय तथा साना तथा मझौला उद्यम क्षेत्रमा प्रवाह हुने कर्जामा विशेष सुविधा दिने भएको हो। बैंकका अनुसार योजनाअन्तर्गत कृषि तथा साना तथा मझौला उद्यम कर्जामा आधार दरमा प्रकाशित प्रिमियम दर मात्र थप गरी कर्जा उपलब्ध गराइनेछ। ग्राहकले न्यूनतम शून्य दशमलव ५० प्रतिशत प्रिमियम दरमै यस्तो कर्जा लिन सक्ने बैंकले जनाएको छ।

    कर्जा लिँदा लाग्ने प्रशासनिक शुल्कमा समेत बैंकले २५ प्रतिशत छुट दिने भएको छ। चाडपर्वको समयमा व्यवसाय वृद्धि गर्न चाहने तथा आफ्नो वित्तीय आवश्यकता पूरा गर्न खोज्ने ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ।

    विशेषगरी कृषि तथा साना तथा मझौला व्यवसायीलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने बैंकको विश्वास छ। योजनामार्फत व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पूँजी तथा अन्य सम्बन्धित व्यावसायिक प्रयोजनका लागि कर्जा लिन सकिनेछ।

    यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्वाप गर्न चाहने ग्राहकले समेत उक्त विशेष कर्जा सुविधाको लाभ लिन सक्ने बैंकले जनाएको छ।

    सीमित अवधिका लागि सञ्चालन हुने यो योजना देशभर रहेका बैंकका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार