Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भोटेकोशी बाढीपीडितको उद्धार धमाधम, हालसम्म १२ जनाको उद्धार

भोटेकोशी बाढीपीडितको उद्धार धमाधम, हालसम्म १२ जनाको उद्धार

आर्थिक पत्र
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाका नागरिकको उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ।

    सेनाका अनुसार हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार गरिएको हो।

    उद्धार कार्यका लागि प्रभावित क्षेत्रमा नेपाली सेनाका चारवटा र निजी कम्पनीका आठवटा गरी १२ वटा हेलिकप्टर परिचालन गरिएको छ।

    यसैगरी, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको सेनाले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार