Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

त्रिशूलीको बाढी चितवन नजिकै, तटीय बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

त्रिशूलीको बाढी चितवन नजिकै, तटीय बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

आर्थिक पत्र
बुधवार, भाद्र १० २०८३
  • चितवन । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ । बाढी चितवन प्रवेश गरिनसकेको जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

    उनका अनुसार बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जानकारी प्राप्त भएको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै सावधानी अपनाउन सूचना जारी गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जोखिमयुक्त क्षेत्र पहिचान गरी त्यहाँ बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सबै सुरक्षा निकायलाई परिचालन गरिएको उनले बताए ।

    यस्तै, बाढीको जोखिमलाई मध्यनजर गर्दै सडकमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ । स्थानीय तहसँग समन्वय गरी सुरक्षा निकाय परिचालन गरिएको अर्यालले जानकारी दिए ।

    ‘तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, सावधानी अपनाउन सूचना सम्प्रेषण गर्ने र सवारीसाधन रोक्ने काम गरेका छौँ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार