Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

क्यानको आग्रहः विपद्को समयमा हवाई भाडा नबढाउनू

क्यानको आग्रहः विपद्को समयमा हवाई भाडा नबढाउनू

आर्थिक पत्र
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ। देशमा आएको बाढी तथा प्राकृतिक विपद्को विषम परिस्थितिमा सर्वसाधारणको आवागमन सहज बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा कम्पनीहरूलाई हवाई भाडा वृद्धि नगर्न आग्रह गरेको छ। क्यानले आज एक विज्ञप्ति जारी गर्दै आन्तरिक उडान सञ्चालन गर्दै आएका सम्पूर्ण वायुसेवा कम्पनीहरूलाई यो निर्देशन दिएको हो।

    क्यानको हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हाल देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपत्तिको विषम् परिस्थितिमा सर्वसाधारणको आवागमनमा सहजता र हितलाई मध्यनजर गर्नुपर्छ। यस कठिन परिस्थितिमा नेपाल सरकारबाट स्वीकृत हवाई भाडादरको उच्चतम सीमाभन्दा कम र हाल कायम रहेको समुचित भाडादरमा नै टिकट उपलब्ध गराउने व्यवस्था मिलाउन भनिएको छ।

    प्राकृतिक प्रकोपका कारण सडक मार्ग अवरुद्ध हुँदा धेरै नागरिकहरू हवाई यात्रा गर्न बाध्य भएका छन्। यस्तो संकटपूर्ण अवस्थामा केही वायुसेवा कम्पनीले कृत्रिम अभाव सिर्जना गरी महँगो शुल्क असूल गर्न सक्ने जनगुनासो बढेपछि क्यानले यो कदम चालेको हो। यात्रुहरूको हित र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै तोकिएको दरभन्दा बढी भाडा नलिन र टिकटको सहज उपलब्धता गराउन क्यानले कूटनीतिक र व्यावहारिक रूपमा सचेत गराएको छ।

    विपद्को यस घडीमा सर्वसाधारणलाई राहत दिनु वायुसेवा सञ्चालकहरूको पनि प्रमुख दायित्व हुने भएकाले नियम विपरीत भाडा लिएको पाइएमा कडा कारबाही हुने संकेत पनि क्यानले दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार