Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रसुवा बाढीमा बेपत्ता भएकामध्ये २८९ जनाको शव फेला

रसुवा बाढीमा बेपत्ता भएकामध्ये २८९ जनाको शव फेला

आर्थिक पत्र
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीमा परेर बेपत्ता भएकामध्ये हालसम्म २८९ जनाको शव फेला परेको छ।

    दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ जनाको शव फेला परेको छ।

    बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। खोजी कार्य अझै जारी रहेको छ।

    बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। नदीले विभिन्न स्थानमा सडक, पुल तथा अन्य भौतिक संरचनासमेत बगाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार