Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भोटेकोशी बाढीपीडितका लागि सोनाम गियरद्वारा २० लाख रुपैयाँ सहयोग

भोटेकोशी बाढीपीडितका लागि सोनाम गियरद्वारा २० लाख रुपैयाँ सहयोग

आर्थिक पत्र
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं। नेपाली गार्मेन्ट कम्पनी ‘सोनाम गियर’ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको राहत तथा व्यवस्थापनका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। विपद्मा परेका नागरिकलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको हो।

    बाढीका कारण विस्थापित भएका र सर्वस्व गुमाएका पीडित परिवारका लागि खाद्यान्न, अस्थायी आवास तथा कपडालगायतका अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीले शनिबार ‘कनेक्ट आईपीएस’ प्रणालीमार्फत डिजिटल रूपमा उक्त रकम सरकारको खातामा जम्मा गरेको हो। सोनाम गियरका सञ्चालक टासी छोन्बे नेपालीले प्राकृतिक विपत्तिको यस घडीमा पीडित परिवारको राहत व्यवस्थापनका लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको बताए।

    “यस्तो अप्ठ्यारो अवस्थामा राज्यलाई सहयोग गर्नु निजी क्षेत्रको पनि दायित्व हो। हाम्रो यो सानो सहयोगले पीडितको घाउमा मलम लगाउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौँ,” उनले भने।

    विपद्को समयमा सरकारको एक्लो प्रयासले मात्र सबै काम तत्काल सम्भव नहुने भएकाले निजी क्षेत्रबाट भइरहेका यस्ता आर्थिक सहयोगले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणलाई थप प्रभावकारी बनाउन मद्दत पुर्याउने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार