Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड रुपैयाँ सहयोग

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड रुपैयाँ सहयोग

आर्थिक पत्र
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (JGI) ले देशभर हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री राहत कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।

     बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।

    कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility–CSR) अन्तर्गत प्राकृतिक विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ।

    JGI ले बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सम्पूर्ण नागरिक तथा समुदायप्रति हार्दिक सहानुभूति प्रकट गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार