Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रसुवा बाढी : बेपत्तामध्ये ७५२ जनाको शव भेटियो, अझै २ हजार ५०२ सम्पर्कविहीन

रसुवा बाढी : बेपत्तामध्ये ७५२ जनाको शव भेटियो, अझै २ हजार ५०२ सम्पर्कविहीन

आर्थिक पत्र
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला परेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो १ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट प्रभावित विभिन्न जिल्लामा बेपत्ता भएकामध्ये ७५२ जनाको शव भेटिएको हो ।

    प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा मात्रै २५९ जनाको शव भेटिएको छ ।

    त्यसैगरी नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

    बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ भने २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार