Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सिद्धार्थ बैंकद्वारा विपद् उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

सिद्धार्थ बैंकद्वारा विपद् उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

आर्थिक पत्र
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । सिद्धार्थ बैंकले भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

    रसुवासहित बाढी प्रभावित क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकाले राहत तथा पुनःस्थापनाका लागि उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत कठिन परिस्थितिमा प्रभावित नागरिकको पीडामा साथ दिन तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग गरिएको बैंकले जनाएको छ।

    बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीको कामना गरेको छ।

    सिद्धार्थ बैंकले विगतदेखि नै सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय तथा सामाजिक कार्यमा सहयोगलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार