Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलीयन कम्पनीको एक करोड एक लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलीयन कम्पनीको एक करोड एक लाख सहयोग

आर्थिक पत्र
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलीयन कम्पनी लिमिटेडले कुल एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

    कम्पनीले बाढीका कारण भएको ठूलो मानवीय तथा धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    कम्पनीले पीडाको यस घडीमा बाढी प्रभावित परिवारसँग आफू सँगै रहेको जनाएको छ। मानवीय संवेदना र सहकार्यका साथ पीडितको घाउमा मल्हम लगाउनु सबैको साझा दायित्व भएको कम्पनीको भनाइ छ।

    बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहतका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत भदौ ११ गते २१ लाख रुपैयाँ जम्मा गरिसकेको जनाएको छ।

    यसका अतिरिक्त कम्पनीले थप ८० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। यससँगै हिमालयन बुलीयन कम्पनी लिमिटेडको तर्फबाट बाढीपीडितका लागि कुल एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने भएको हो।

    कम्पनीका अनुसार उक्त सहयोग रकमको चेक भदौ १२ गते अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको थियो। कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्मप्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन्।

    कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार