Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रसुवा बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन

आर्थिक पत्र
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लामा गरी ९०३ जनाको शव फेला परेको हो।

    प्राधिकरणका अनुसार बाढी तथा विपद्का घटनामा परी ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन्। घटनामा २६७ जना घाइते भएका छन्।

    विपद्पछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट अहिलेसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार