Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग

बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग

आर्थिक पत्र
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । बाढीपीडितका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि कम्पनीले उक्त रकम सहयोग गरेको जनाएको छ । सहयोग रकममध्ये सिटिजन लाइफका सिटिजन लिडर्सका तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीका तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ योगदान रहेको कम्पनीले जनाएको छ ।

    सहयोग रकम सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दिप बहादुर बिसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

    यसैबीच, विपद्का कारण प्रभावित आफ्ना बीमित तथा उनीहरूका परिवारजनको अवस्थाबारे जानकारी लिन कम्पनीले प्रभावित क्षेत्रका सम्पूर्ण अभिकर्ता तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ ।

    प्रभावित बीमित वा उनीहरूका परिवारमा बीमा दाबीसम्बन्धी आवश्यकता देखिएमा आवश्यक समन्वय गरी दाबी प्रक्रिया सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सहजीकरण गर्न पनि कम्पनीले निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार