Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कन्टिनेन्टल ट्रेडिङद्वारा २५ लाख सहयोग

कन्टिनेन्टल ट्रेडिङद्वारा २५ लाख सहयोग

आर्थिक पत्र
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

    कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिति घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

    हालै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवासहित नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा पहिरोका कारण घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनाको आवश्यकता देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार