Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बाढीबाट करिब ७ हजार घर बगे, १२ अर्ब रुपैयाँ बराबरको क्षतिः सडक विभाग

बाढीबाट करिब ७ हजार घर बगे, १२ अर्ब रुपैयाँ बराबरको क्षतिः सडक विभाग

आर्थिक पत्र
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट करिब ७ हजार घर बगेका छन् । सडक विभागले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै घर बगेर मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको सडक विभागले जनाएको हो ।

    बाढीबाट सडक, पुल, खानेपानी तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको जानकारी दिएको हो। विभागका अनुसार बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक तथा पूर्वाधारलाई तत्काल सञ्चालनमा ल्याउन आवश्यक काम अघि बढाइएको छ।

    बाढीबाट क्षतिग्रस्त सडक मर्मत तथा तत्काल सडक सञ्चालनमा ल्याउन ३ करोड २५ लाख रुपैयाँ बजेट छुट्याइएको विभागले जनाएको छ। उक्त बजेटबाट प्रभावित क्षेत्रमा तत्काल सडक निर्माण तथा मर्मतको काम भइरहेको छ। आवश्यक पूर्वाधार निर्माणको काम पनि सकेसम्म छिटो सम्पन्न गर्ने गरी काम अघि बढाइएको विभागको भनाइ छ।

    बाढीका कारण ३१ वटा पुलमा समेत क्षति पुगेको छ। क्षतिग्रस्त पुल तथा सडक संरचनाको अवस्था अध्ययन गरी तत्काल सञ्चालनमा ल्याउन सकिने स्थानमा अस्थायी तथा स्थायी संरचना निर्माणको काम अघि बढाइएको विभागले जनाएको छ।

    पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा समेत बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको छ। कृष्णभीरको पहिरोभन्दा माथिल्लो भागबाट नयाँ बाटो कटान गरी सडक सञ्चालन गर्ने विषयमा छलफल भइरहेको विभागले जनाएको छ।

    बाढीका कारण खानेपानी आयोजनामा समेत ठूलो क्षति पुगेको छ। खानेपानी तथा सरसफाइका संरचनामा मात्रै करिब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको विभागले जनाएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पानी शुद्धीकरणको काम भइरहेको छ।

    हाल प्रभावित क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न काठमाडौँबाट समेत पानीका ट्याङ्कर पठाउने काम भइरहेको विभागले जनाएको छ। अस्थायी व्यवस्थामार्फत खानेपानीको समस्या छिट्टै समाधान गर्ने गरी काम अघि बढाइने विभागको भनाइ छ।

    बाढीबाट विद्यालयलगायत सरकारी भवन तथा अन्य सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। यस्ता संरचनामा मात्रै करिब ४ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सडक विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार