Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रसुवा बाढी प्रभावितलाई केल्मी नेपालको १५ लाख सहयोग, डेढ करोड बराबरको ‘क्लोथ बैंक’ सञ्चालन गरिने

रसुवा बाढी प्रभावितलाई केल्मी नेपालको १५ लाख सहयोग, डेढ करोड बराबरको ‘क्लोथ बैंक’ सञ्चालन गरिने

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं।  विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड ‘केल्मी नेपाल’ले रसुवा बाढीका कारण प्रभावितहरूका लागि ठूलो परिमाणमा राहत तथा सहयोगको घोषणा गरेको छ।

    केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार संस्थाले यसअघि नै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा १५ लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ (रु १५,०५,५५५) जम्मा गरिसकेको छ। बाढी-पहिरो तथा प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिप्रति संवेदनशील हुँदै राहत कार्यमा सघाउन उक्त रकम कोषमा जम्मा गरिएको न्यौपानेले जानकारी दिए।

    यसैगरी, बाढीका कारण नुवाकोटको त्रिशूलीस्थित केल्मीको सोरुम पूर्ण रूपमा क्षति भएपछि कम्पनीले विदुर वा आसपासको क्षेत्रमा नयाँ सोरुम विस्तार गर्ने तयारी गरेको छ। सोही अवसर पारेर १५ दिनभित्र रसुवा र नुवाकोटमा एकदेखि डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडाहरू समावेश गरी ‘क्लोथ बैंक’ (Cloth Bank) सञ्चालन गरिने भएको छ।

    केल्मीले नयाँ कपडाहरू विपद् प्रभावित क्षेत्र रसुवा र नुवाकोटका बासिन्दाहरूलाई उपलब्ध गराउनेछ। यो राहत सामग्री सीधै बाँड्न नहिँडी, नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति वा परिवारको आधिकारिक सूचीका आधारमा ‘क्लोथ बैंक’मार्फत पूर्ण रूपमा निःशुल्क वितरण गरिने व्यवस्था मिलाइनेछ। वास्तविक पीडितसम्म मात्रै सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको सूचीकृत विवरणलाई आधार बनाइने प्रबन्ध निर्देशक न्यौपानेले स्पष्ट पारे।

    विगतका विभिन्न प्राकृतिक विपत्ति तथा अप्ठ्यारा परिस्थितिहरूमा पनि निरन्तर सहयोग गर्दै आएको केल्मी नेपालले यसपटक पनि आफ्नो सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै यो सहयोग अगाडि बढाएको हो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार