Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यती पेन्ट्सद्धारा भोटेकोशी बाढी पीडितलाई ११ लाख ११ हजार आर्थिक सहयोग

यती पेन्ट्सद्धारा भोटेकोशी बाढी पीडितलाई ११ लाख ११ हजार आर्थिक सहयोग

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि यती पेन्ट्स नेपालले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । यति पेन्ट्सले प्रधानन्त्री प्रकोप उद्धार कोषमा कम्पनीका तर्फबाट ११ लाख ११ हजार १ सय ११ रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

    भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिक र समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको कम्पनीका अध्यक्ष झलक बहादुर केशीले जानकारी दिए ।

    प्राकृतिक विपत्तीका कारण प्रभावित क्षेत्रमा नागरिकको राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष केसीको भनाइ छ ।

    कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार