Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ग्लोबल आइएमई लघुवित्तद्वारा बाढीपीडितको उद्धार कोषमा १६ लाख ३५ हजार सहयोग

ग्लोबल आइएमई लघुवित्तद्वारा बाढीपीडितको उद्धार कोषमा १६ लाख ३५ हजार सहयोग

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले दुःख व्यक्त गरेको छ ।

    संस्थाले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरू सकुशल सम्पर्कमा आउने कामना गरेको छ ।

    विपद्को कठिन परिस्थितिमा आफ्नो सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता जनाउँदै ग्लोबल आइएमई लघुवित्त र संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट १६ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।

    संस्थाका अनुसार उक्त सहयोगबाट विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा केही सहयोग पुग्ने विश्वास लिइएको छ । साथै, विपद्बाट प्रभावित सम्पूर्ण नागरिकको जनजीवन यथाशीघ्र सामान्य अवस्थामा फर्कियोस् भन्ने कामना संस्थाले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार