काठमाडौँ । नेपालमा एलिका उत्पादनहरूका लागि आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्सले दशैं तिहार अफर सार्वजनिक गरेको छ । यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी कम्पनीले ग्राहक योजना ल्याएको हो ।
एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । कम्पनीले दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं तिहार मनाऔं, खुशीमा रमाऔं’ भन्ने नारासहित जारी गरेको उक्त अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप, हब, कुकिङ रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सीजी ब्रान्डको इलेक्ट्रिक कित्ली उपहार स्वरूप प्रदान गरिएको छ ।
यो ग्राहक योजना भाद्र १३, २०७९ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ । एलिकाले आफ्ना मूल्यवान ग्राहकहरूलाई चाडपर्वको अवसरमा अफर दिएको यो पहिलो पटक हो ।


