काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३४० जना पुगेको नेपाल प्रहरीले जानकारी दिएको छ।
भदौ २० गते साँझ ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार ५२३ जना पुरुष, ३२४ जना महिला र ४९३ आंशिक अंग फेला परेको हो। जसमध्ये १ हजार ३० शव जमिनमुनि व्यवस्थापन गरिएको र ९८ शव परिवारलाई हस्तान्तरण गरिएको छ।
हालसम्म १ हजार २६९ जना मृतक र १ हजार ६७ जना मृतकका आफन्त गरी कुल २ हजार ३३६ जनाको डीएनए संकलन गरिएको छ भने बाढीका कारण घरबारविहीन भएका ३ हजार ९८ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ।

