काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले बाढी तथा विपद् प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
फिनेले आफ्ना सदस्यहरूबीच सञ्चालन गरेको आन्तरिक सहयोग संकलन अभियानबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरिएको हो। फिनेको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमको चेक बुझाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो। सरकारले प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राहत कोषमा सहयोग गर्न आह्वान गरिसकेको छ।
विपद्को यो कठिन समयमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै फिनेले आगामी दिनमा पनि बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्याउने प्रतिबद्धता जनाएको छ।

