Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रभु महालक्ष्मी लाइफको एजेन्सी लिडरसिप डेभलपमेन्ट क्याम्पेन सम्पन्न

प्रभु महालक्ष्मी लाइफको एजेन्सी लिडरसिप डेभलपमेन्ट क्याम्पेन सम्पन्न

आर्थिक पत्र
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको इलाम शाखाले अभिकर्ताहरूको नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘एजेन्सी लिडरसिप डेभलपमेन्ट क्याम्पेन’ आयोजना गरेको छ।

    इलामस्थित ग्रिनभ्यु होटलमा आयोजित कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई बीमा व्यवसायसँगै नेतृत्व विकास, प्रभावकारी कार्यसम्पादन तथा ग्राहकसँगको सम्बन्ध विस्तारलगायत विषयमा प्रशिक्षण दिइएको थियो।

    कार्यक्रमको सहजीकरण प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख देशराम चौधरीले गरेका थिए। अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई व्यावसायिक रूपमा थप सक्रिय र प्रभावकारी बनाउन कार्यक्रमले सहयोग पुग्ने प्रभु महालक्ष्मी लाइफ इलामका अभिशेक तामाङले बताए।

    इलाम शाखा प्रमुख प्रवेश पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिकर्ताहरूलाई समयअनुकूल ज्ञान, सीप र नेतृत्व क्षमता प्रदान गर्दै बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने पराजुलीले बताए।

    कार्यक्रममा उत्कृष्ट योगदानका लागि सीईओ क्लबका प्रकाश अधिकारी, टीका खतिवडा र बिमा श्री ठाकुर खतिवडालाई सम्मान गरिएको थियो। यस्तै, प्रोभियन्स क्लबका सोम सुसेली, सुनिल बानियाँ र पुनम पराजुलीलाई मायाको चिनो प्रदान गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार