Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

हरितालिका तीज शुरु, आज दर खाने दिन

हरितालिका तीज शुरु, आज दर खाने दिन

आर्थिक पत्र
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीज आजदेखि औपचारिक रूपमा शुरु भएको छ। तीजको पहिलो दिन आज महिलाहरूले परम्पराअनुसार दर खाने दिनका रूपमा मनाउँदैछन्।

    images

    दर खाने दिन माइती तथा आफन्तको घरमा भेला भएर विभिन्न परिकार तथा मिठामिठा खानेकुरा खाने चलन छ। तीजको मुख्य दिन निराहार तथा निर्जल व्रत बस्ने महिलाहरूले त्यसको अघिल्लो दिन दर खाने परम्परा रहिआएको छ।

    धार्मिक मान्यताअनुसार हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेको र उनको इच्छाअनुसार शिवसँग विवाह भएको कथासँग हरितालिका तीज जोडिएको छ। पार्वतीले शिवलाई प्राप्त गर्न गरेको व्रत तथा तपस्याको स्मरण गर्दै महिलाहरूले तीजमा व्रत बस्ने परम्परा शुरु भएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार