Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब मौज्दात, भोटेकोशी बाढीपीडितलाई १ अर्ब निकासा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब मौज्दात, भोटेकोशी बाढीपीडितलाई १ अर्ब निकासा

आर्थिक पत्र
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौं।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९:०० बजेसम्मको अद्यावधिक विवरणअनुसार कोषका विभिन्न नौवटा स्वदेशी बैंकहरूमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ संकलन भएको छ।

    यस्तै, कोषअन्तर्गत दुईवटा बैंकमा खोलिएका डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ।

    यसैबीच, केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि कोषबाट रु एक अर्ब निकासा गरिएको छ।

    उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पीडितसमक्ष पुर्‍याउने गरी उपलब्ध गराइएको कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार