Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

बसभित्रै आत्मदाह गरेका अर्जुन दोङको उपचारका क्रममा मृत्यु

बसभित्रै आत्मदाह गरेका अर्जुन दोङको उपचारका क्रममा मृत्यु

आर्थिक पत्र
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । हिजो सोमबार त्रिपुरेश्वरको राहदानी विभाग अगाडि भएको बस आगलागीमा परी घाइते भएका चालक अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएको छ।

    images

    सोमबार मध्यान्ह त्रिपरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागी हुँदा बसभित्रै रहेका चालकलाई प्रहरीले उद्धार गरी कीर्तिपुर बर्न अस्पतालमा लगेको थियो। उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो।

    उपचारका क्रममा सोमबार राति नै उनको मृत्यु भएको हो। आगलागी हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको थियो। घटनाको छानबिनका लागि समिति समेत गठन भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार