Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

विपन्न नागरिकको उपचारमा स्वास्थ्य बीमा बोर्डले दियो १९ करोड ६८ लाख

विपन्न नागरिकको उपचारमा स्वास्थ्य बीमा बोर्डले दियो १९ करोड ६८ लाख

आर्थिक पत्र
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिकको उपचारबापत देशभरका विभिन्न स्वास्थ्य संस्थालाई १९ करोड ६८ लाख ५७ हजार ५ सय रुपैयाँ ३० पैसा भुक्तानी गरेको छ।

    images

    बोर्डले २०८३ साउन महिनामा विपन्न नागरिकलाई उपलब्ध गराइएको औषधि तथा उपचार सेवाको शोधभर्नाबापत उक्त रकम भुक्तानी गरेको हो।

    बोर्डका उपसचिव पुष्पप्रसाद गुरागाईंका अनुसार विभिन्न स्वास्थ्य संस्थाले उपचार सेवाबापत पेस गरेका कागजात रुजु तथा परीक्षण गरी स्वीकृत रकम सम्बन्धित संस्थाको बैंक खातामा पठाइएको हो।

    बोर्डले डायलाइसिस, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी र क्यान्सरलगायत कडा रोगको उपचार सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई शोधभर्नाबापत रकम उपलब्ध गराएको जनाएको छ।

    बोर्डको निर्णयअनुसार २०८३ भदौ १ गते रकम भुक्तानी गर्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार भदौ ५ गते सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा रकम पठाइएको बोर्डले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार