Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

टोयोटाद्वारा बाढी पीडितका लागि ३ करोड रुपैयाँ सहयोग

टोयोटाद्वारा बाढी पीडितका लागि ३ करोड रुपैयाँ सहयोग

आर्थिक पत्र
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

    images

    टोयोटा मोटर एसिया र टोयोटा सुशो एसिया प्यासिफिकसँगको समन्वयमा यूटीएसले उक्त रकम सहयोग गरेको हो । विपद्का समयमा नेपाल र नेपाली समुदायलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    यूटीएसले टोयोटा समूहको तर्फबाट विपद् प्रभावित समुदायलाई सहयोग तथा थप उत्थानशील भविष्य निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार