Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सुनको मूल्यमा ठूलो गिरावट: तोलामा ५ हजारले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्यमा ठूलो गिरावट: तोलामा ५ हजारले घट्यो, चाँदी पनि सस्तियो

आर्थिक पत्र
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार असोज १२ गते सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो।

    यस तीव्र गिरावटसँगै सोमबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँ कायम भएको छ, जबकि आइतबार ७०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो।

    सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। सोमबार चाँदी प्रतितोला १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा झरेको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार