Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबीच सम्झौता

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबीच सम्झौता

आर्थिक पत्र
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौं । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२–आधारभुत शिक्षा तथा साक्षरता समिति बीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने गरी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    images

    उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक तथा सार्वजानिक विद्यालयहरुमा आधारभूत शिक्षा तथा साक्षरता प्रबद्र्धन गर्ने उद्धेश्यका साथ रोटरी क्लबहरु मार्फत सञ्चालन गरिने विभिन्न शैक्षिक तथा पुर्वाधार विकास सम्बन्धी परियोजनाको लागि वित्तीय सहयोग उपलब्ध गराउने छ।

    उक्त सहयोग अन्तर्गत सामुदायिक तथा सार्वजानिक विद्यालयहरुमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी परियोजना सञ्चालन तथा कम्प्युटर ल्याब स्थपना लगायतका आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्दि«त परियोजनाहरुको लागि बैंकले सहकार्य गर्नेछ।

    महालक्ष्मी विकास बैंकले आफ्नो सस्ंथागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस सहकार्यले विशेषगरी सामुदायिक तथा सार्वजानिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाई वातावरण, स्वच्छता तथा डिजिटल पहुँचमा सुधार ल्याउन योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

    समाज प्रति आफ्नो दायित्व वहन गर्ने क्रममा बैंकले हालै मात्र भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुर्नस्थपना कार्यमा सहयोग पुर्‍याउने उद्धेश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार