Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

युनाइटेड अजोडको ९ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

युनाइटेड अजोडको ९ लाख ९० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

आर्थिक पत्र
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।

    images

    कम्पनीले आफ्ना सेयरधनीलाई प्रदान गरेको ४.२८५७ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बराबर ९ करोड ९० लाख रुपैयाँ मूल्यका ९ लाख ९० हजार कित्ता बोनस सेयर जारी गरिएको थियो।

    नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

    कम्पनीको ३२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि ४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार