Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

सागर डिस्टिलरीले ‘नेपाल्स बुल्स रेयर माल्ट’ पुनः बजारमा ल्याउँदै

सागर डिस्टिलरीले ‘नेपाल्स बुल्स रेयर माल्ट’ पुनः बजारमा ल्याउँदै

आर्थिक पत्र
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौं । सागर डिस्टिलरीले आफ्नो पुरानो ब्रान्ड ‘नेपाल्स बुल्स रेयर माल्ट’लाई नयाँ अवधारणासहित पुनः बजारमा ल्याउने भएको छ। कम्पनीले यसलाई नेपाली मदिरा उद्योगमा प्रिमियम खण्डमा विकसित हुँदै गएको उपभोक्ता बजारलाई लक्षित गर्ने उत्पादनका रूपमा प्रस्तुत गर्न लागेको जनाएको छ।

    images

    कम्पनीका अनुसार नयाँ उत्पादनमा १० वर्ष पुरानो रेयर माल्ट प्रयोग गरिएको छ। उक्त माल्ट स्कटल्यान्डको हाइल्यान्ड र स्पेसाइड क्षेत्रका विभिन्न माल्टको मिश्रण रहेको कम्पनीको दाबी छ। मिश्रणमा अहिले सञ्चालनमा नरहेको एउटा डिस्टिलरीको व्हिस्कीसमेत समावेश रहेको जनाइएको छ।

    सागर डिस्टिलरीले उपलब्ध माल्टको मात्रा सीमित रहेको र त्यसको केही हिस्सा मात्रै ‘नेपाल्स बुल्स रेयर माल्ट’मा प्रयोग गरिएको जनाएको छ।

    कम्पनीले नेपाली मदिरा बजारमा पछिल्लो समय उपभोक्ताको रुचि र उत्पादनबारे जानकारी लिने प्रवृत्तिमा परिवर्तन आएको दाबी गरेको छ। विशेषगरी अन्तर्राष्ट्रिय बजार तथा विभिन्न प्रकारका मदिरा उत्पादनबारे जानकारी राख्ने उपभोक्ताका कारण प्रिमियम खण्डमा उत्पादनको उत्पत्ति, उत्पादन प्रक्रिया र प्रयोग गरिएका कच्चा पदार्थबारे जानकारीको माग बढेको कम्पनीको भनाइ छ।

    सागर डिस्टिलरीले नयाँ उत्पादनमार्फत अन्तर्राष्ट्रिय बजारमा विकसित हुँदै आएको ‘रेयर माल्ट’सम्बन्धी अवधारणालाई नेपाली बजारमा परिचित गराउने प्रयास गरेको जनाएको छ।

    कम्पनीका अनुसार ‘रेयर माल्ट’ कुनै छुट्टै कानुनी श्रेणी नभई लामो समयदेखि विकसित भएको उत्पादन छनोट तथा मिश्रणसम्बन्धी अवधारणा हो। यसको चर्चा गर्दा उत्पादनको उत्पत्ति, परिपक्वता र उत्पादनमा प्रयोग भएका विशेष तथा सीमित स्रोतलाई महत्त्व दिइन्छ।

    सागर डिस्टिलरीले ‘नेपाल्स बुल्स रेयर माल्ट’लाई नयाँ स्वरूपमा अघि बढाउने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार यसको उद्देश्य नयाँ ब्रान्ड सिर्जना गर्नुको सट्टा नेपाली बजारमा पहिलेदेखि परिचित नामलाई नयाँ उत्पादन अवधारणासँग जोड्नु हो।

    सागर डिस्टिलरीले यसअघि पनि विभिन्न खालका प्रिमियम मदिरा उत्पादन बजारमा ल्याउँदै आएको छ। कम्पनीको उत्पादन सूचीमा ‘नेपाल्स बुल्स रेयर माल्ट’सहित ‘द गभर्नर’, ‘रोयल ब्लु’, ‘म्याक्स’, ‘ग्रे वुल्फ’ र ‘बेरीज एन्ड ब्लुज’ लगायतका ब्रान्ड रहेको सार्वजनिक विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार