Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सुनचाँदीको मूल्य बढ्यो, छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० पुग्यो

सुनचाँदीको मूल्य बढ्यो, छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० पुग्यो

आर्थिक पत्र
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौं। बिहीबार स्थिर रहेको सुनचाँदीको मूल्य शुक्रबार भने नेपाली बजारमा बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले वृद्धि भई २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार