Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो : चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घट्यो : चाँदी पनि सस्तियो

आर्थिक पत्र
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौं। नेपाली बजारमा आइतबार (असोज १८) सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ।

    मूल्य घटेसँगै आइतबार छापावाल सुनको कारोबार प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा भइरहेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार