Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य

स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य

आर्थिक पत्र
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ ।

    images

    स्वास्थ्य बीमा बोर्डको बैठकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि १६ वर्ष उमेर पूरा गरेका नागरिकको राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो ।

    बोर्डका अनुसार सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारले HIB e-Portal मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ । यस व्यवस्थाले बीमितको पहिचान सुनिश्चित गर्नुका साथै दोहोरो आबद्धता नियन्त्रण, केवाईसी अद्यावधिक तथा दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

    बैठकले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ । कार्यदलले गठन भएको ६० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउनेछ ।

    त्यस्तै, ईएमआर प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डअनुसार दाबी मान्यता दिने निर्णय भएको बोर्ड सचिवालयले जनाएको छ । पहिलो चरणमा २ हजार १८९ वटा Customized ICD-11 Code लाई IMIS मा प्रयोग गर्ने निर्णयसमेत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार