Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयर दिने

कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयर दिने

आर्थिक पत्र
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर दिने भएको छ।

    images

    कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ। कम्पनीले बोनस शेयर वितरण गरेपछि चुक्ता पूँजी बढ्नेछ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी साधारणसभामा प्रस्ताव लैजानेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार