Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

आर्थिक पत्र
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

    images

    नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायम रहेको सेयर बिक्रीका लागि बैंकमा निवेदन दिएपछि बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको हो ।

    बैंकका अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार उनीहरूका लागि सेयर खरिदको अवसर दिइए पनि तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि अब संस्थापक समूहबाहेकका इच्छुक लगानीकर्ताले समेत आवेदन दिन सक्नेछन् ।

    बैंकले उक्त संस्थापक सेयरको बिक्री मूल्य विक्रेताले तोकेबमोजिम हुने जनाएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन कुमारी बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौं–२ मा दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार