Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सुनको मूल्य तोलामा २ हजार एक सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा २ हजार एक सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

आर्थिक पत्र
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ।

    महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार