Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

दसैं मनाउन गाउँ फर्किनेको लर्को, नौ दिनमै दुई लाखभन्दा बढीले छाडे काठमाडौं

दसैं मनाउन गाउँ फर्किनेको लर्को, नौ दिनमै दुई लाखभन्दा बढीले छाडे काठमाडौं

आर्थिक पत्र
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौं । बडादसैं नजिकिएसँगै राजधानी काठमाडौंमा अध्ययन, रोजगारी र विभिन्न व्यवसायमा संलग्न मानिसहरू चाडपर्व मनाउन आफ्नो घर फर्किने क्रम तीव्र बनेको छ । काठमाडौंको गोंगबुस्थित नयाँबसपार्कबाट देशका विभिन्न जिल्लामा जाने सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको छ ।

    images

    नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका अनुसार असोज १७ देखि २५ गतेसम्मको नौ दिनमा मात्रै दुई लाख सात हजार २५१ यात्रुले बसपार्कबाट काठमाडौं छाडेका छन् । दसैंका अवसरमा परिवार र आफन्तसँग भेटघाट गर्न घर जाने यात्रुको सङ्ख्या बढेसँगै बसपार्कमा चहलपहलसमेत बढेको छ ।

    उक्त अवधिमा असोज १७ गते १८ हजार ७२९, १८ गते १९ हजार ५३० र १९ गते २३ हजार १६ यात्रु बाहिरिएका थिए । त्यसैगरी असोज २० गते २९ हजार ६०२, २१ गते २२ हजार २८८, २२ गते २५ हजार २०१ र २३ गते ३१ हजार २३५ यात्रुले काठमाडौं छाडेका थिए । असोज २४ गते १६ हजार ९७० तथा २५ गते २९ हजार ३८० यात्रु बाहिरिएको तथ्याङ्क छ ।

    यात्रुको चाप बढिरहेका बेला सडक अवरोधले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ । धादिङको गलौँदी क्षेत्रमा पृथ्वी राजमार्ग भासिएपछि असोज २३ गतेदेखि सवारी आवागमन प्रभावित भएको थियो । अग्रिम टिकट बुकिङ सुरु भएकै दिन सडक अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएका थिए ।

    सडकको अवस्थाका कारण गन्तव्यतर्फ जाने सवारीसाधनको व्यवस्थापनमा कठिनाइ भएको यातायात व्यवसायीहरूले बताएका छन् । दसैंमा घर जाने यात्रुको चाप बढ्ने समयमा सडक अवरोध हुँदा यात्रुको यात्रा प्रभावित हुनुका साथै सवारीसाधनको परिचालनमा समेत समस्या देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार