Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

आर्थिक पत्र
मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौं। नेपाली बजारमा मंगलबार नि सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार उल्लेख्य घटेको सुनको मूल्य मंगलबार थप ओरालो लागेको हो।

    images

    सोमबार प्रतितोला २,१०० रुपैयाँले घटेको छापावाल सुनको मूल्य मंगलबार थप २,२५० ले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो।

    यसैगरी, चाँदीको मूल्यमा पनि निरन्तर गिरावट आएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    यसअघि सोमबार चाँदी २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार