Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

४.१२ अंकले बढेर २५९९ को विन्दुमा, ४ अर्ब ७३ करोडको कारोबार

४.१२ अंकले बढेर २५९९ को विन्दुमा, ४ अर्ब ७३ करोडको कारोबार

आर्थिक पत्र
मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेर रोकिएको छ।

    images

    आज ३५१ कम्पनिका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता शेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मा कारोबार भएको थियो। आज बैकिंग, विकास बैंक, लगानी, जीवन बीमा र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

    आज, सबैभन्दा बढी सगरमाथा जलविद्युतको शेयर १२.४४ प्रतिशतले बढेको छ भने नेपाल लाइफ समृद्धि योजनाको शेयर पनि ४.६२ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी स्नो रिभरको शेयरमा नकारात्मक सर्किट लागेको छ।

    त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३६ करोड ४७ लाख बराबरको कारोबार भएको छ भने माउन्टेन इनर्जीको २५ करोड ९७ लाख बराबरको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार