Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

सिद्धार्थ बैंकको १ लाख २१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको १ लाख २१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

आर्थिक पत्र
बिहिवार, आश्विन २९ २०८३
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका संस्थापक शेयरधनी श्याम सुन्दर खेतानले आफ्नो नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्। बैंकले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

    images

    शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा वा प्राप्त आवेदनबाट सबै शेयर खरिद नभएमा बाँकी शेयर अन्य व्यक्ति वा संस्थालाई समेत बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार