काठमाडौं । पछिल्लो ४ दिन लगातार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो ४ दिनमा ८ हजार १०० रूपैयाँले सुनको मूल्य घटेको हो ।
आइतबार २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार २ लाख ८८ हजार ४०० रुपैयाँमा झरेको छ ।
यो ४ दिनमा लगातार सुनको मूल्य घटेको छ । सोमबार २ हजार १०० रूपैयाँले घटेको थियो । मंगलबार २ हजार २०० रूपैयाँले घट्यो । त्यसैगरी, बुधबार २ हजार ७०० रूपैयाँले घटेको सुनको मूल्य बिहीबार १ हजार १०० रूपैयाँले घटेको हो ।
यता, चाँदीको मूल्य पछिल्लो ४ दिनमा ४१० रूपैयाँले घटेको छ । आइतबार एक तोला चाँदीको मूल्य ४ हजार ४४० रुपैयाँ रहेकोमा बिहीबार ४ हजार ३५ रुपैयाँ कायम भएको छ ।


