Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

विदेशी मुद्राको विनिमय दर: कुन मुद्राको भाउ कति?

विदेशी मुद्राको विनिमय दर: कुन मुद्राको भाउ कति?

आर्थिक पत्र
आइतवार, कार्तिक ९ २०८३
  • काठमाडौं।  नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङसहितका प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर यस प्रकार रहेको छ।

    images

    आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ। त्यसैगरी, युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा रहेको छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा कायम भएको छ। स्विस फ्रैन्क एकको खरिददर १८४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८५ रुपैयाँ १० पैसा तोकिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा कायम भएको छ।

    त्यस्तै, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा कायम भएको छ।

    खाडी मुलुकतर्फ साउदी अरबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा तोकिएको छ। साथै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    (नोट: राष्ट्र बैंकले तोकेको यो विनिमय दर वाणिज्य बैंकहरूका लागि आवश्यकता अनुसार फेरबदल हुन सक्नेछ।)

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार