Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

आज कोजाग्रत पूर्णिमा

आज कोजाग्रत पूर्णिमा

आर्थिक पत्र
आइतवार, कार्तिक ९ २०८३
  • काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ ।

    images

    कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादसैं समाप्त हुन्छ ।

    आज साँझ दूर्गाको एक रूप महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्ने गरिन्छ । यसो गरे लक्ष्मी घरमा प्रवेश गरी धनधान्यले सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

    लक्ष्मीपूजाको १५ दिनअघि पर्ने कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार