Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

सुनचाँदीको मूल्यमा वृद्धि: बुधबार सुन ९०० रुपैयाँले बढ्दा चाँदीमा १० रुपैयाँको सुधार

सुनचाँदीको मूल्यमा वृद्धि: बुधबार सुन ९०० रुपैयाँले बढ्दा चाँदीमा १० रुपैयाँको सुधार

आर्थिक पत्र
बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौं। नेपाली बजारमा बुधबार (कात्तिक ११) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको हो।

    images

    मूल्य वृद्धिसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    कात्तिक महिनाको सुरुवातदेखि नै सुनको मूल्यमा उतारचढाव देखिएको छ। सोमबार ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य आइतबार भने एकैदिन ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको थियो।

    यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि आएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    यसअघि मंगलबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँमा झरेको थियो। सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको चाँदी आइतबार भने २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार