Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images

टीभीएसको एक्सचेन्ज मेला भृकुटीमण्डपमा, १० लाखसम्म छुट र क्यासब्याकको अफर

टीभीएसको एक्सचेन्ज मेला भृकुटीमण्डपमा, १० लाखसम्म छुट र क्यासब्याकको अफर

आर्थिक पत्र
बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको पुरानो सवारीसाधन साटेर नयाँ किन्ने ग्राहकलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना हुने भएको छ। जगदम्बा मोटर्स प्रालिले कात्तिक १२ देखि १८ गतेसम्म सात दिन मेला सञ्चालन गर्न लागेको हो।

    images

    मेलामा ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरको मूल्यांकन गराएर नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर किन्न सक्नेछन्। कम्पनीले पुरानो सवारीसाधनको आकर्षक मूल्यांकन, विशेष छुट र सहज फाइनान्स सुविधासमेत उपलब्ध गराउने जनाएको छ।

    मेलाको मुख्य आकर्षण टीभीएस गोल्डेन की अफर रहेको छ। यसअन्तर्गत ग्राहकले नयाँ सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्डेन कीमार्फत १० लाख रुपैयाँसम्म नगद छुट पाउने अवसर रहने कम्पनीले जनाएको छ।

    त्यस्तै मेलामा हरेक दिन दुई जना भाग्यशाली ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन्। पुराना मोटरसाइकल तथा स्कुटरको उचित मूल्यांकनका लागि ५० जनाभन्दा बढी अनुभवी मूल्यांकनकर्ता खटाइने कम्पनीले जनाएको छ।

    नयाँ सवारीसाधन किन्न चाहने ग्राहकका लागि नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो फाइनान्स प्रक्रिया उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले मेलामार्फत ग्राहकलाई पुरानो सवारीसाधनको मूल्यांकन, नयाँ सवारीसाधन खरिदमा विशेष छुट र सहज वित्तीय सुविधा एकै ठाउँमा उपलब्ध गराउन लागिएको बताएका छन्।

    कम्पनीले नयाँ मोटरसाइकल वा स्कुटर किन्ने योजना बनाइरहेका ग्राहकलाई कात्तिक १२ देखि १८ गतेसम्म भृकुटीमण्डपमा हुने मेलामा सहभागी भएर आफ्ना पुराना सवारीसाधनको मूल्यांकन गराउन र उपलब्ध अफरको लाभ लिन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार