Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

कोरला नाकाबाट तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

कोरला नाकाबाट तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

आर्थिक पत्र
मंगलवार, कार्तिक १८ २०८३
  • मुस्ताङ। मुस्ताङको कोरला नाका हुँदै चीनबाट हालसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल आयात भएको छ। गत भदौ २० गतेदेखि चिनियाँ फलफूल नेपाल भित्रिन थालेको हो।

    images

    कोरला नाकास्थित क्वारेन्टाइन कार्यालयका अनुसार हालसम्म ११ किसिमका फलफूल तथा खाद्यवस्तु आयात भएका छन्। रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनबाट आउने फलफूलको आयात कोरला नाकातर्फ मोडिएको हो।

    क्वारेन्टाइन कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार चीनबाट स्याउ, ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर, किसमिसलगायत फलफूल आयात भएका छन्। यस्तै, फर्सीको बीउ, लसुन र फापर पनि भित्रिएका छन्। चाडपर्वलाई लक्षित गरी सबैभन्दा बढी ओखर र स्याउ आयात भएको उनले बताइन्।

    यसअघि असोज ११ गतेको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक दुई साताभन्दा बढी अवरुद्ध हुँदा आयातित फलफूल ढुवानीमा समस्या भएको थियो। क्वारेन्टाइन परीक्षण र भन्सार जाँचपास भइसकेका फलफूलसमेत गन्तव्यमा पुर्‍याउन कठिन भएको थियो। त्यसक्रममा बिग्रन थालेको एक कन्टेनर ड्रागन फ्रुट मुस्ताङका स्थानीयलाई निःशुल्क वितरण गरिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार